संचार प्रविधि मन्त्री रेखा शर्माज्यु ज्ञापन पत्र बुझाउँदै चलचित्र सम्बद्ध संघ सस्थाका पदाधिकारीहरु

  • June 29, 2024

चलचित्र सम्बद्व संघ सस्थाहरुले बजेटमा नेपाली चलचित्र उद्योगलाई उपेक्षा गरेको, बिदेशी चलचित्रको आयातलाई न्युनिकरण गर्नुको सट्टा पक्षपोषण गरेको,विदेशी चलचित्रलाई भन्सार शुल्क १५ मात्रै कायम गरेको, चलचित्र नीति र चलचित्र ऐन लागु नगरेको लगायतका बिषयहरुलाई लिएर संचार तथा सूचना प्रविधि मन्त्रालयमा माननीय मन्त्री रेखा शर्माज्युलाई ज्ञापन पत्र बुझाएको छ ।

१ हप्ताभित्र उचित सम्बोधन नभए सयौं चलचित्रकर्मीको बिचमा कालो पट्टी बाँधेर सडकमा चलचित्र देखाउने र सरकारको बिरोध कार्यक्रम गर्ने लगयातका चरणवद्व आन्दोलन गर्ने घोषणा गरेको छ ।

Comments


© copyright 2026 & All right reserved to faan