नेपाल चलचित्र कलाकार संधका अध्यक्ष श्री मोहन निरौला ज्यूको अध्यक्षतामा नयाँ वर्षको शुभ कामना आदान प्रदान समारोह सहित नेपाली चलचित्र अद्योगका विभिन्न संघ सस्थाका अध्यक्ष ज्यूहरु लगायत कार्य समिति ज्यूहरूलाई संघको तर्फबाट वधाई तथा शुभ कामना साथै चलचित विकाश बोर्ड र चलचित्र जाँच पास समितिका नव नियुक्त सदस्य ज्यूहरुलाई बधाई तथा शुभ कामना प्रदान गरिएको छ ।
सोही समारोहमा संघको पूर्व कार्य समितिलाई विधिवत रुपमा कार्य सफलताको शुभ कामना अर्पण गर्दै विदाई र संघबाट नया वर्षको भित्ते पात्रो पनि माननीय ज्यूहरु,आदरणीय अग्रज ज्यूहरुबाट विमोचन गर्ने कार्य सम्पन्न भएको छ ।