चलचित्र विकास वोर्डको वेभसाइटमा सम्प्रेशण गरिएको चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकको सम्बन्धमा नेपाली चलचित्र उद्योगका सरोकारवाला व्यवसायीक एवम् पेशागत संघसंस्थाहरु र चलचित्र क्षेत्रका विज्ञहरू बीच घनिभूत छलफल भइरहेको छ । तसर्थ हामी चलचित्रकर्मीहरूको सहमति, सहभागिता, भावना र पेशागत सुरक्षाको प्रत्याभूती बिना परिकल्पना गरिएको विद्येयकका सम्बन्धमा सरोकारवाला संस्थाहरूले सामूहिक निर्णय गरेर मात्र प्रस्तावित संशोधनका लागि पठाइने हुँदा तत्कालका लागि उक्त प्रस्तावित संशोधित विद्येयकलाई अगाडि नबढाई दिनहुन अनुरोध गर्दछौं भनी १९ गते माननिय संचार मन्त्री श्री रेखा शर्माज्यु,श्रीमान संचार सचिबज्यु र चलचित्र बिकाश बोर्ड अध्यक्षलाई भेट गरी आठ संस्थाका तर्फबाट अनुरोध पत्र बुझाउने कार्य सम्पन्न भयो ।।



