चलचित्रकर्मीहरूमा अनुरोध
नेपाल चलचित्र कलाकार संघको आयोजनामा निम्न मिति स्थान र समयमा चलचित्रका पेशागत संघ संस्थाबाट नामाबली प्राप्त भएका चलचित्रकर्मीहरूलाई कोभिड बिरूद्धको खोप प्रदान गर्ने ब्यबस्था भएकोहुदा संघका अध्यक्ष श्री रविन्द्र खडकाज्युको निर्देशन बमोजिम यो आधिकारिक सुचना प्रकाशित गरिएकोछ । चलचित्र क्षेत्रका बिभिन्न विधाका संस्थाका अध्यक्षज्युहरूलाई जानकारी गराईएको छ यदी जानकारी प्राप्त नगर्नु भएको भए यसै सुचनालाई आधार मानी आफ्नो संघ/सस्थाबाट कलाकार संघमा नामावली पठाउनु भएका चलचित्रकर्मीहरूलाई खोप लगाउन जानकारी गराई दिन हुन पनि अनुरोध गरिन्छ ।
स्थान-पुरानो अशोक हल(हाल पार्टी प्यालेश)पाटन ढोका, ललितपुर ।
मिति-२०७८ श्रावण २४ गते,आईतबार ।
खोपको तालिका –
——————-
१) कलाकारहरू – बिहान ९ बजे देखि १० बजे सम्म ।
२) निर्माता तथा चलचित्र संघसंग आबद्ध चलचित्रकर्मी- ११ बजे देखि १२ बजे सम्म ।
३) प्राबिघिक संघसंग आबद्ध चलचित्रकर्मी-१ बजे देखि २ बजे सम्म ।
४) द्वन्द कलाकार संघ र नृत्य संघसंग आबद्ध चलचित्रकर्मी-२देखि ३ बजे सम्म ।
५) निर्देशक समाज र सांगितिक संघसंग आबद्ध चलचित्रकर्मी ३ बजे देखि ३.३० सम्म ।
६)जनजाति माहासंघ र अन्य संघ संस्थासंग आबद्ध चलचित्रकर्मी-३.३० बजे पछि ।
-मोहन निरौला
उपाध्यक्ष तथा प्रबक्ता
नेपाल चलचित्र कलाकार संघ(FAAN)
प्रकाशित मिति-२०७८/४/२२गते ।
[नोट-नाम टिपाउनु भएका चलचित्रकर्मीले संस्थाको परिचयपत्र वा नागरिकता वा परिचय खुल्ने कागजपत्र साथमा लिएर आउनु हुन समेत अनुरोध गरिन्छ ]