कलाकार संघको पहलमा चलचित्रकर्मीहरु लाइ “कोरोना विरुद्धको खोप”

  • April 19, 2021

काठमाडौँ – नेपाल चलचित्र कलाकार संघको पहलमा स्वास्थ्य सेवा बिभाग र आर्युवेदिक अस्पताल किर्तिपुरको सहकार्यमा हिजो दर्जनौ कलाकारहरुलाइ “कोरोना विरुद्धको खोप” लगाईएको छ। नेपाल चलचित्र कलाकार संघ सदैब कलाकारहरु प्रति उत्तरदायित्व बहन गर्ने संस्था भएकोले चलचित्र कलाकारहरुको हक हितको रक्षा गर्न “कोरोना विरुद्धको खोप” को लागि पहल गरि खोप लगाउन समेत सफल भएको संघका अध्यक्ष रबिन्द्र खड्का बताउछन।

कलाकार संघको अनुरोधलाइ स्वीकार गर्दै “कोरोना विरुद्धको खोप” उपलब्ध गराउने स्वास्थ्य सेवा बिभागका महानिर्देशक, डा.श्याम राज उप्रेती, तथा किर्तिपुरका खोप प्रमुख केशव खड्का र दिपक सुवेदीलाइ अध्यक्ष खड्काले बिसेष धन्यवाद ब्यक्त गरेका छन्।

Comments


© copyright 2026 & All right reserved to faan