असामाजिक कार्य बिरुद्ध नेपाल चलचित्र कलाकार संघको ध्यानाकर्षण

  • May 25, 2020

प्रेस विज्ञप्ती : केही दिन यता प्रविधिको माध्यमबाट कलाकारहरूको मानमर्दन हुने गरि अतिरन्जित सामाग्रिहरू सामाजिक संन्जालमा देखिन आएकाले नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ । प्रबिधीको ग़लत प्रयोग गरी बनाईएका यस्ता दुष्प्रचार प्रति भ्रममा नपर्न हामी सबैसग अनुरोध गर्दछौ । यस्तो असामाजिक एवं निन्दनीय अपराधिक कार्यको घोर निन्दा गर्दै यस्ता कार्य गर्नेलाई कानुनी कार्बाही मात्र हैन सामाजिक बहिष्कार गर्न पनि हामी सबैसग अनुरोध गर्दछौ। संघ सदैब चलचित्र क्षेत्रको सबै बिधाका पेशाकर्मी र कलाकारहरूको साथमा छ । यस्तो अपराधिक कार्यको बिरूद्धमा एक्लाएक्लै होईन सामुहिक,संगठित र संस्थागत रूपमा लड़ने प्रतिबद्धता जनाउदै यो अपराधिक कार्यको बिरूद्धमा कानुनी कार्बाहीका लागी संघले पहल गरिसकेको पनि जानकारी गराउन चाहन्छौ । सम्बन्धित निकायले यस प्रकारको असामाजिक कार्यको पटाक्षेप गर्दै दोषीलाई कड़ा भन्दा कड़ा कार्बाही गर्नेछ भन्ने हामीले विश्वास लिएका छौ।

मोहन निरौला
( उपाध्यक्ष तथा प्रवक्ता )
नेपाल चलचित्र कलाकार संघ “FAAN”

Comments


© copyright 2026 & All right reserved to faan