कोरोना भाइरस बिरुद्द सजक रहन आग्रह- नेपाल चलचित्र कलाकार संघ

  • March 20, 2020

काठमाडौँ – बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना) रोगको संक्रमणबाट सुरीषत रहनका लागि हालै नेपाल सरकारबाट गठित उच्चस्तररुय समितिले गरेको निर्णय वर्तमान अवस्थामा नागरिक कल्याण र सतर्कताका लागि उपयुक्त कदम भएकोले नेपाल चलचित्र कलाकार संघ उक्त निर्णयको स्वागत गर्दछ ।

रोगको संक्रमणबाट सुरीषत रहन हामी नागरिकले पनि उच्च सतर्कता अपनाउन अहिलेको सन्दर्भमा जरुरी भइसकेको छ । कोरोना भाइरस संक्रमणबाट बच्न डर त्रास फैलाउनु भन्दा सुरक्षित रहन सार्बजनिक स्थानमा हिडडुल नगर्ने, साबुन पानीले हात धुने, भेला जमघट नगर्ने लगायतका उपायहरु अवलम्वन गर्न पनि संघ सम्पूर्ण चलचित्रकर्मीहरुमा अनुरोध गर्दछ ।

यो संक्रमणको समस्या सरकारको मात्र नभई हामी नागरिकहरुको पनि भएकोले हामीले यो संक्रमणको समस्याबाट सुरक्षित रहन विश्वभर छरिएर रहेका नेपालीहरुले सजगता र संवेदनशिलता अपनाउनु जरुरी भएको पनि हामी यहि वक्तव्य मार्फत अनुरोध गर्दछौं ।

रविन्द्र खड्का
अध्यक्ष

Comments


© copyright 2026 & All right reserved to faan