चलचित्र कलाकार संघको संरक्षकमा हरिवंश आचार्य नियुक्त

  • March 10, 2020

काठमाडौँ : विशिष्ट कलाकार श्री नीर विक्रम शाहज्यूले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट कार्य व्यस्तताका कारणले दिनु भएको राजिनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन संघको कार्यालयमा बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको छ । वैठकले नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै पु¥याउनु भएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै वहाँले आफ्नो कार्यकालमा दिनु भएको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ ।

साथै उक्त वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी श्री हरिवंश आचार्यज्यूलाई संरक्षकमा नियुक्त गरेको छ । नव नियुक्त संरक्षक पदावधी वर्तमान कार्यसमितिको कार्यकाल सम्म रहने छ । नव नियुक्त संरक्षक श्री हरिवंश आचार्यज्यू विगत ४ दशक भन्दा बढी समय देखि नेपाली कला, संस्कृति, रंगमञ्च, नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वद्र्धन तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि चलचित्र क्षेत्रको उत्थानमा क्रियाशील कलाकर्मी हुनुहुन्छ । संघको वैठक अध्यक्ष श्री रविन्द्र खड्काज्यूको अध्यक्षतामा बसेको थियो ।

Comments


© copyright 2026 & All right reserved to faan