काठमाडौँ : नेपाल चलचित्र कलाकार संघले मनोनित पदाधिकारीहरुलाइ स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संघको बिधान अनुसार मनोनित गरिएका संरक्षक बरिष्ट अभिनेता निर शाह, सल्लाहाकार आजिबन सदस्यहरु दिनेश डिसी र मधु कुमार श्रेष्ठ, उपाधक्ष्य बरिष्ट चलचित्रकर्मी मोहन निरौला, सदश्यहरु नायक बिशाल बिष्ट, अभिनेत्री आंचल शर्मा, कलाकार रामेश्वर बुर्लाकोटी, कानुनि सल्लाहकार शम्भु प्रसाद निरौला तथा प्रेस संयोजकमा कलाकार तथा संचारकर्मी सुर्य चन्दलाइ कार्यक्रममा स्वागत तथा सम्मान गरिएको थियो । साथै सो अबसरमा नायिका आंचल शर्मालाइ अधक्ष्य खड्काले पद तथा गोपनियताको सपथ समेत खुवाएका थिए ।