अभिनेता राजेश हमाललाई नेपाल चलचित्र कलाकार संघको मानार्थ सदस्यता

  • August 3, 2025

नेपाल चलचित्र कलाकार संघले अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरेको छ । संस्थाका अध्यक्ष मोहन निरौलाले हमाललाई सदस्यता पत्र प्रदान गरे । अभिनेता हमाल यसअघि साधारण सदस्य रहेपनि उनले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकाले पुनः विशिष्ट सदस्यता प्रदान गरेको अध्यक्ष निरौलाले जानकारी दिए ।

मानार्थ सदस्यता हस्तान्तरण गर्ने क्रममा निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे पनि उपस्थित थिए ।

नेपाली चलचित्रको विकास विस्तारका लागि राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पुर्‍याएको योगदान, समर्पण र साधनाका लागि मानार्थ सदस्यता प्रदान गरिएको अध्यक्ष निरौलाले बताए ।

पत्र ग्रहण गर्दै अभिनेता हमालले सदस्यता प्रदान गरेकोमा संघलाई धन्यवाद दिए । संघले अहिलेसम्म ४० जनालाई मानार्थ सदस्यता प्रदान गरेको छ । अभिनेत्री मनिषा कोइरालालाई पनि मानार्थ सदस्यता प्रदान गरिएको छ ।

राष्टिय अन्तर्राष्टिरुपमा ख्यातिप्राप्त विशेष र लब्ध प्रतिष्ठित व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्ने मापदण्ड रहेको कलाकार संघले जनाएको छ । संघले आफ्नो स्थापना दिवसको अवसरमा भदौ २१ देखि २३ गतेसम्म विविध कार्यक्रम आयोजना गरेको छ ।

Comments


© copyright 2026 & All right reserved to faan