२३औँ स्थापना दिवसका अवसरमा कलाकार संघले गर्यो वृक्षारोपण कार्यक्रम

  • September 9, 2024

नेपाल चलचित्र कलाकार संघले आफ्नो २३ औं स्थापना दिवशको अवसर पारेर भदौ २३ गते आइतवार बृक्षारोपण कार्यक्रम गरेको छ । आफ्नो स्थापना दिवशको अवसरमा संघले पवित्र पाशुपत क्षेत्रको गुह्येश्वरी मन्दिर नजिकै बागमती नदीको किनारामा बृक्षारोपण कार्यक्रमको आयोजाना गरेको संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त माननिय डा. सुमित्रा आमात्यको प्रमुख आतिथ्यतामा तथा उज्यालो नेपालका नायक विद्युत प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख कुलमान घिसिङको विशिष्ट आतिथ्यतामा “ बृहत बृक्षा रोपण कार्यक्रम सम्पन्नभएको हो । विशेष गरी “जन्म दिनलाई सत्कर्ममा बदलौँ” भन्ने नाराका साथ अभियानमा लागेका आभियन्ता गोविन्द चौलागाइले चलचित्र कलाकार संघको स्थापना दिवशलाई उत्सवमय तथा उर्जाशिल बनाउनको लगी संघलाई बृक्ष उपलब्ध गराउनुका साथै उपस्थित चलचित्रकर्मी, पत्रकार तथा सहभागीहरुलाई बृक्षारोपण कार्यमा सहयोग गराएका थिए ।

सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शिवहरी बैरागी, कार्यक्रमका समन्वयकर्ता कोषाध्यक्ष सुनिल कटुवाल , कास सदस्यज्युहरु क्रमशः श्री नम्रता खरेल, राजकुमार शाह, श्री जयन्त रेग्मी, भवन निर्माण समितिका सदस्य जीवन थापा, नेपाल चलचित्र निर्देशक समाज का अध्यक्ष जनक दीप पराजुली तथा महासचिव अरुण प्रधान, लेन्जिभिटी हेल्थ होम का प्रवन्ध निर्देशक कृष्ण शाही , राष्ट्रिय खेलाडीहरु तथा कलाकारहरुलाई सहजकर्ताको भूमिका निर्बाह गराउने चलचित्र निर्देशक तथा मिडियाकर्मी लक्ष्मण सुबेदी तथा सहभागि अन्य मिडियाकर्मी साथीहरु, संघको हरेक कार्यक्रममा सामेल हुने राजु शाही, उमा कार्की लगाएतका स्थानिय वासिन्दाहरु समेत उपस्थिति रहेको थियो । उपस्थित सम्पुर्णमा चलत्रि कलाकार संघले धन्यवाद तथा आभार प्रकट गरेको छ ।

नेपाल चलचित्र कलाकार संघले स्थापना दिवशको विशेष कार्यक्रम भने भाद्र २६ गते शनिवार चलचित्र विकास बोर्डमा गर्ने भएको छ ।

  • Photo: Kalakarmi.com 

Comments


© copyright 2026 & All right reserved to faan