अभिनेत्री थिन्लेलाई कलाकार सङ्घका अध्यक्षद्धारा बधाई तथा शुभकामना ब्यक्त

  • August 26, 2024

काठमाण्डौ-  नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेत्री थिन्ले ल्हामोलाई बधाई तथा शुभकामना दिनुभएको छ । विश्व प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा उत्कृष्ट नेपाली चलचित्र ‘साम्बाला’मा गरेको अभिनयको लागि उत्कृष्ट ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।चलचित्रलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् ।

सामाजिक सञ्जालमा शेयर गरिएको बधाई सन्देशमा अध्यक्ष मोहन निरौलाले भन्नुभएको छ, ‘तपाईंलाई यो ऐतिहासिक उपलब्धिको लागि हाम्रो तर्फबाट हार्दिक बधाई छ । तपाईंको ‘साम्बाला’ चलचित्रमा पेमाको चुनौतीपूर्ण जीवनयात्रा र साहसको भूमिकामा देखाइएको अद्वितीय अभिनयले नेपाली कलाकारहरूको विश्वसामु सशक्त उपस्थिति स्थापित गरेको छ । यो सफलता नेपाली चलचित्र उद्योगको मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली चलचित्र र कलाकारहरूको लागि पनि प्रेरणादायी उदाहरण हो ।’

अध्यक्ष निरौलाले अगाडि भन्नुभएको छ,, ‘तपाईं प्राप्त गर्नुभएको यो अवार्ड नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय पहिचानको प्रतीक हो । भविष्यमा पनि तपाईंको करियरमा यस्ता धेरै सफलताहरू प्राप्त होस् भन्ने हाम्रो कामना छ ।

 

बधाई तथा शुभकामना ज्ञापन पत्र

नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट अभिनेत्री थिन्ले ल्हामोज्यूलाई हार्दिक बधाई

श्री थिन्ले ल्हामोज्यू,
कलाकार, चलचित्र साम्बाला

विश्व प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा मिन बहादुर भाम निर्देशित नेपाली चलचित्र ‘साम्बाला’मा गरेको अभिनयको लागि उत्कृष्ट “बोक्कालिनो डिओर” अवार्ड जित्नुभएकोमा नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौँ।

तपाईँको यस ऐतिहासिक सफलता नेपाली चलचित्र उद्योगका लागि मात्र नभएर सम्पूर्ण दक्षिण एसियाली चलचित्र र कलाकारका लागि एक प्रेरणादायी उदाहरण हो। ‘साम्बाला’ चलचित्रमा पेमाको चुनौतीपूर्ण जीवनयात्रा र साहसको भूमिका निभाई तपाईँले देखाउनुभएको अद्वितीय अभिनय क्षमताले विश्वसामु नेपाली कलाकारको सशक्त उपस्थिति स्थापित गरेको छ।

हामी तपाईँले प्राप्त गर्नुभएको यस अवार्डलाई नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय पहिचानको रूपमा हेरिरहेका छौँ। भविष्यमा पनि तपाईँको करियरमा यस्ता धेरै सफलताहरू प्राप्त होस् भन्ने कामना गर्दछौँ।

मोहन निरौला
अध्यक्ष, नेपाल चलचित्र कलाकार सङ्घ तथा परिवार

Comments


© copyright 2026 & All right reserved to faan