स्व.अभिनेत्री सिलवालको तेर्हौ पुण्यतिथिमा कलाकार संघ द्वारा शोकसभा सम्पन्न

  • February 24, 2020

काठमाडौँ : स्व.अभिनेत्री महिमा सिलवाल तथा उनकी बहिनि स्व.शर्मिला सिलवालको तेर्हौ पुण्यतिथिमा नेपाल चलचित्र कलाकार संघ द्वारा शोकसभा सम्पन्न गरेको छ । धादिङमा बस र स्कुटर ठोक्किँदा नायिका महिमा सिलवाल र उनकी बहिनीको ज्यान गएको थियो । शैली थिएटर रातोपुल गौसलामा सम्पन्न शोकसभामा बोल्दै नेपाल चलचित्र कलाकार संघका अधक्ष्य रबिन्द्र खड्काले स्व.अभिनेत्री सिलवालले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए भने उक्त शोकसभामा अभिनेता निर्मल शर्मा, निर्देशक मदन घिमिरे र अभिनेत्री उमा बेबीले स्व. सिलवालको बारेमा चर्चा गर्दै उनको योगदानलाइ चलचित्रकर्मीहरुले सधैं सम्झिरहने बताए ।

उक्त अबसरमा चलचित्रकर्मी तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा बरिष्ट चलचित्रकर्मी मोहन निरौलाले गरेका थिए ।

Comments


© copyright 2026 & All right reserved to faan