नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सम्झौता

  • July 4, 2024

नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सहुलियतमा भारी छुट सहितको सम्झौता भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संघका महासचिव सविन श्रेष्ठ र सिल्भरलाईन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंह र डाक्टर अनिमेश जोशी बिच असार १९ गते बुधबार एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्तक्षर भएको छ । बरिष्ठ चलचित्रकर्मी, कलाकार, पत्रकार तथा अस्पतालका कर्मचारीहरुको उपस्थितीमा दुबै पक्ष बिच हस्ताक्षर गरिएको हो ।

सम्झौता पछी कलाकार संघका सदस्यहरुले आफ्नो परिचय पत्रको आधारमा छुट पाउने बताईएको छ । सबै खालको सेवा प्रदान गर्दै आएको अस्पताल गैर नाफामुलक हस्पिटल हो । झण्डै १४ रोपनी क्षेत्रफलमा फैलिएको हस्पिटलमा आईसियु, एनआईआईसियु, सिटीस्क्यान, अर्थोपेडिक, न्युरोलोजी, गाइनोलोजी, ग्यास्ट्रोलोजी, पेडिएट्रिक, कार्डिओलोजी, नेफ्रोलोजी, न्युरोसर्जरी, न्युरोफिजिएट्री, फिजिओथेरापी, इएनटी, इन्टर्नल मेडिसिन, अनेस्थेसिआ, जनरल ल्यापरोस्किपिक, रिडियोलोजीलगायत विभिन्न सुविधाहरु न्युनतम खर्चमा गुणस्तर सेवा प्रदान गर्दै आएको छ ।

कलाकार संघका सदस्यहरुको लागि सिल्भरलाईनले निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्ने बताएको छ । उच्चस्तरीय प्रविधि र नयाँ व्यवस्थापन सहित अस्पताल संचालनमा छ । बुधबार नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन अस्पताल विच भएको कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँ र कार्यक्रम संयोजक तथा कलाकार संघका सदस्य उद्वव प्रसाद भट्टराईले गरेका हुन ।

कार्यक्रम संघका संरक्षक बिशिष्ट चलचित्रकर्मी बसुन्धारा भुषालको प्रमुख आतिथ्यता तथा नेपालकी पहिलो अभिनेत्री भुवन चन्दको सभापतित्वमा सम्पन्न भएको थियो रकार्यक्रममा बिशिष्ट चलचित्रकर्मी चौत्यदेवी सिंह, लय संग्रौला, पुरन जोशी, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी तथा निर्देशक माधब राज खरेल, शुभाश गजुरेल,राकेश खडका, उत्तम के सी , पल्पसा डंगोल,आशा भुसाल ,संचारकर्मी बिजयरत्न तुलाकर,प्रदिप कार्की सहित चलचित्रकर्मी र हस्पिटल परिवारको उपस्थिती रहेको थियो ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघले धेरै समय विभिन्न हस्पिटलमा छुट पाएपनी औपचारिक रुपमा पहिलो पटक सम्झौता सिल्भरलाईन हस्पिटलसँग भएको बताउनुभयो ।वहाले धेरै सुविधा र छुट सिल्भरलाईनबाट पाएको बताउनु भयो । यस्तै हस्पिटलका निर्देशक डाक्टर अनिमेश जोशीले कलाकार संघका पदाधिकारी र सदस्यहरुलाई सम्झौतामा उल्लेख भएको सेवा बाहेक अन्य विभिन्न व्यवहारिक पक्ष र सेवामा समेत भारी छुट हुने बताउनु भयो । उनले हस्पिटलमा सबै डाक्टर युवा उमेरका रहेकाले सेवाको लागि गुणस्तरमा पूर्ण प्रतिवद्व रहेको बताउनुभयो ।

कार्यक्रमलाई कार्यसमिति सदस्य तथा प्रचार प्रसार समितिका संयोजक गोपाल ढकाल सहजीकरण गरेका थिए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रबिन्द्र खडका, सचिब रामेश्वर बुर्लाकोटी, सह कोषाध्यक्ष पबित्रा आचार्य, कार्य समिति सदस्य नम्रता खरेल, पुकार भट्टराई, रोशन श्रेष्ठ, राजकुमार शाहको उपस्थिति रहेको थियो ।

Comments


© copyright 2026 & All right reserved to faan