कोजाग्रत पूर्णिमामा कलाकारको दशैंटीका, ३५ रुपैयाँ दक्षिणा

  • June 29, 2024

काठमाडौं – चलचित्र कलाकारले एकापसमा दशैंटीका आदानप्रदान गरेका छन् । उनीहरुलाई ३५ रुपैयाँ दक्षिणा समेत प्रदान गरियो । दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा चलचित्र कलाकार संघले टीका लगाउने कार्यक्रम आयोजना गरेको हो ।

संघका निवर्तमान अध्यक्ष रविन्द्र खडकाको संयोजनमा आयोजना गरिएको कार्यक्रमको सहजीकरण अभिनेता लय संग्रौलाले गरेका थिए । संस्था स्थापनाको ३५ बर्ष पुगेकाले ३५ रूपैयाँ दक्षिणा प्रदान गरिएको अध्यक्ष मोहन निरौलाले बताए ।

प्राप्त भएको दक्षिणामा थप गरी संघको कल्याणकारी कोषलाई रकम प्रदान गरेको संघका कोषाध्यक्ष सुनिल कटुवालले बताए । संघले सह–कोषाध्यक्ष पवित्रा आचार्यको संयोजकत्वमा कलाकार कल्याणकारी कोष गठन गरेको छ ।

कार्यक्रममा संघका अध्यक्ष निरौला, पूर्वअध्यक्ष कृष्ण मल्ल, सल्लाहकार राजकुमार राई, निर्मल शर्मा, मुकुन्द किशोर भट्टराई, सुचित्रा श्रेष्ठ, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, द्वन्द संघका अध्यक्ष नारायण प्रधान, जय श्रेष्ठ, श्याम खडका, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, संघका उपाध्यक्ष शिबहरी बैरागी लगायत उपस्थित रहेका थिए।

Comments


© copyright 2026 & All right reserved to faan