नेपाल चलचित्र कलाकार संघको योगा तथा उत्प्रेरणा कार्यक्रमको आयोजना गर्ने भएको छ । संघको ३५ औं स्थापना दिवशको अवसरमा चलचित्र विकास बोर्डको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । सोही समारोहमा नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भुमिका विषयक अनर्तक्रिया समेत गरिने संद्धले बताएको छ ।