नेपाल चलचित्र कलाकार संघले स्वास्थ्य मन्त्री बस्नेतसंग गर्यो भेटवार्ता

  • June 29, 2024

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रतिनिधि मण्डलले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतसंग भेटवार्ता गरेको छ । संघको प्रतिनीधि मण्डलले २०८० भाद्र १३ गते भेट गरी आर्थिक अबस्था कमजोर भएका चलचित्र कलाकारहरूलाई गम्भिर बिरामी हुदाको अबस्थामा निशुल्क उपचारको ब्यबस्था र हाल क्यान्सर जस्तो गम्भिर रोग लागेर उपचार गराई रहनु भएका कलाकारलाई निशुल्क उपचारको ब्यबस्थाका लागि मन्त्री बस्नेतसंग बिशेष अनुरोध गरेको हो ।

प्रतिनिधि मण्डलमा संघका अध्यक्ष मोहन निरौला,सचिव रामेश्वर बुर्लाकोटी,कार्यकारी सदस्य शितल के सी,पबन के सी ,आजिवन सदस्य उत्तम के सी,सामना सिटौला, चलचित्रकर्मी रामशरण कोईराला लगायत हुनुहुन्थ्यो ।

Comments


© copyright 2026 & All right reserved to faan