नेपाल चलचित्र कलाकार संघबाट मिती २०८०/४/३१ गते क्यान्सर रोगको उपचार गराई रहनु भएका कलाकार श्री घनश्याम गौतमको स्वास्थ अवस्था बारे जानकारी लिन अध्यक्ष श्री मोहन निरौला , सचिव रामेश्वर बुर्लाकोटी , कोषाध्यक्ष सुनिल कटुवाल, सह- कोषाध्यक्ष तथा कलाकार कल्याणकारी कोषका संयोजक श्री पवित्रा आचार्य कार्यकारी सदस्यहरू पुकार भट्टराई, पवन के.सी, नम्रता खरेल कलाकार सहायता तथा अनुगमन समितीका सदस्य श्री बबिता ढकाल , आजीवन सदस्य सामना सिटौला लगायतका कलाकार भत्तपुर स्थित क्यान्सर अस्पताल जानु भयो।
सोही अवसरमा संघको कार्यसमितीको तर्फबाट उठेको सहयोग रकम र अमेरिकामा बसोबास गर्दै आउनु भएका अभिनेता गणेश उप्रेतीले पठाउनु भएको सहयोग रकम गरी जम्मा रू ३६६६४ (छत्तिस हजार छ सय जौसठ्ठी ) रूपैया श्री घनश्याम गौतमलाई हस्तान्तरण गरियो ।
साथै सोही अवसरमा संघको आजिवन सदस्य श्री सामना सिटौलाले अमेरिका , बेलायत र अष्ट्रेलीयामा बसोबास गरी आउनु भएका आफन्त तथा शुभचिन्तकले पठाउनु भएको रकम एक लाख संघको रोहबरमा कलाकार श्री घनश्याम गौतम लाई हस्तान्तरण गरियो ।
सोहि अस्पतालमा उपचार गराई रहनु भएका कलाकार भुवन खड्काको पनि स्वास्थ अवस्था बारे जानकारी लिईयो ।