कलाकार संघका प्रतिनिधिहरु नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कला प्रदर्शनी अवलोकन गर्दै

  • June 29, 2024

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव श्री देवेन्द्र कुमार काफ्ले (थुम्केली) ज्यूको निमन्त्रणामा मिति २०८० जेठ २८ गते नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री मोहन निरौलाज्यूको नेतृत्वमा संघका पुर्व का. बा. अध्यक्ष सानू कुमार ताम्राकार, सचिब रामेश्वर बुर्लाकोटी, सदस्यहरु सितल के.सि , गोपाल ढकाल (छन्दे), उद्धब प्रसाद भट्टराई , नम्रता खरेल, सरिता राजोपाध्यायको टोलिले प्रतिष्ठानमा चलिरहेको कला प्रदर्शनी अवलोकन गर्नु भएको थियो ।

जेठ ३० गते सम्म चल्ने उक्त प्रदर्शनीमा जीवन र जगतका बिभिन्न मुर्त तथा अमुर्त कलाहरुको अवलोकन गर्ने मौका मिलेकोमा नेपाल चलचित्र कलाकार संघले खुशी ब्यक्त गर्दै प्रज्ञा प्रतिष्ठानलाई आभार ब्यक्त गर्दे कायृक्रमको सफलताको शुभकामना प्रदान समेत गरेको छ।

Comments


© copyright 2026 & All right reserved to faan