नेपाल चलचित्र कलाकार संघका केन्द्रीय सदस्य तथा निर्माता, निर्देशक, अग्रज कलाकार पुकार भट्टराईज्यूको सक्रियतामा संघको कोषमा रु एक लाख नगद सहयोग तथा स्वदेश तथा विदेश भ्रमण गर्दा नेपाल चलचित्र कलाकार संघमा आबद्ध कलाकारहरूमा विशेष छुट हुने सम्बन्धमा नेपाल चलचित्र कलाकार संघ र एयर सेल ट्राभल्स बिच लिखित सम्झौता भयो ।
नेपाल चलचित्र कलाकार संघको आफ्नै वेबसाइटमा संघमा आबद्ध कलाकारहरूको सम्पूर्ण बायो दाता सहित संघले गरेका, गर्न लागेका कार्य योजना, कार्यक्रमहरूको पनि जानकारी तथा आवश्यक परेको खण्डमा नेपाली चलचित्रको पोस्टर, ट्रेलर पनि राखी नेपाली चलचित्रको प्रवर्द्धन गर्ने पनि जानकारी गर्दछौँ। वेबसाइट सहयोगको लागि कान्तिपुर फिल्म एकेडेमी लाई विशेष धन्यवाद ।