नेपाल चलचित्र कलाकार संघ को प्रेस विज्ञप्ती

  • August 20, 2023

नेपाल चलचित्र कलाकार संघको मिति २०८० भदौ २ गते बसेको बैठकले संघको ३५ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । साथै उक्त बैठकले सदस्य कलाकारहरुको अभिलेखिकरण गर्ने पनि निर्णय गरेको छ ।
जस अनुसार कलाकारहरुको आवेदन फारम सँग संलग्न गर्नुपर्ने कागजपत्रमा करार पत्र वा अनुहार र चलचित्रको नाम देखिने गरि लिएको स्कृनसट, नागरिकताको प्रतिलिपि फोटो आदि कतिपय कलाकारहरुको संघमा रहेको व्यक्तिगत फाइलमा नभएको पाइएकोले संघले सदस्य कलाकारहरुको अभिलेख तयार पार्ने काममा अस्पष्टता अपूर्ण देखिन आएकोले अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउनका लागि उपरोक्त तथ्यहरु सहित कागजपत्र संघमा उपलब्ध गराइदिनुभई ६ महिनाभित्र कागजपत्र इमेल मार्फत् वा स्वयम् उपस्थित भएर अभिलेखिकरणलाई पूर्णता दिन सबै सदस्यहरुलाई अनुरोध गर्ने संघको बैठकले निर्णय गरेको छ । संघका सबै तहका सदस्य कलाकारले अभिलेखिकरणमा चासो दिन अनुरोध गरिन्छ । ६ महिनाको समयलाई मान्य अवधि मान्दै अभिलेखिकरण नगरे संघमा रहेको व्यक्तिगत विवरण सहितको फायलमा विधान अनुसारको प्रक्रिया नपुगेको देखिएमा विधानले तोकेको प्रकृया अनुसार हुनेछ ।
यस्तै संघले आफ्नो ३५ औं स्थापना दिवसका सम्बन्धमा नेपाल चलचित्र कलाकार संघको स्थापना दिवस भदौ २३ गते स्काई वैङ्क्वेट बग्गी खानामा नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भुमिका विषय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । साथै स्थापना दिवसको उपलक्ष्यमा भदौ २४ गते बिहान मोटिभेसन क्लास र योगा कार्यक्रम गर्ने निर्णय गरेको छ ।।

Comments


© copyright 2026 & All right reserved to faan