प्रेयसी,रणभुमि, दाग, जिबनदान,हिम्मत ,हिफाजत,राज कुमार जाउ हिंड पोखरा ,कर्णवीर,कमान्डाे,अहंकार , लीला लगायतका चलचित्रमा अभिनय गरेका चर्चित कलाकार श्री यादव बैरागी (सिटौला ) रानिबारिमा बसोबास गरिआउनुभयकोमा सामाखुसि खोलामा आयेको बाढिले उहाँ बस्ने घर भत्काइ उहाँको भौतिक जायजेथा समेत बगाइ लगेकोले हाल उहाँ पिडामा हुनुहुन्छ, उहाँलाई सद्भाव र सहयोग को लागि आज हामी भेट्न गयका थियौ !सद्भाव र सहयोग स्वरुप अमेरिका निवासी अभिनेता श्री किरण प्रताप के सि ले पठाउनुभयेको रु 13000 र विशिष्ट कलाकार श्री उत्तम के सि बाट रु 2100 गरि जम्मा रु 15100 श्री यादव सिटौला को परिवार समक्ष हस्तान्तरण गरियो! सो अबसरमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री मोहन निरौला विशिष्ट कलाकार उत्तम के सि र चलचित्रकर्मि श्रीकृष्ण फुृुँयाल को उपस्थिति रहेको थियो !

