नेपाल चलचित्र कलाकार संघले नायक शारुक ताम्राकारको निधनको गम्भिर छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ । अध्यक्ष मोहन निरौलाले जारी गरेको विज्ञप्तीमा सारुकको निधनको छानबिन गरि कोही दोषी देखिएको खण्डमा कानुनी कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘स्वर्गिय सारुक निधन हुनुभन्दा अघिल्लो दिनसम्म फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए । स्वर्गिय सारुक सिंगो फिल्म क्षेत्रमै काम प्रति लगनशील, सालिन र भद्र अभिनेताको रुपमा परिचित थिए ।
संघले निधनलाई लिएर फिल्म उद्योगका सबै पेशाकर्मीहरु शसंकित भइरहेको र यो घटनाको न्यायिक छानबिन हुनुपर्छ भन्ने आवाज उठिरहेकाले सो बिषयमा गहिरो छानबिन गरि सत्य तथ्यलाई प्रकाशमा ल्यादिनका लागि संघ सम्बन्धित निकायसँग माग गर्दछ ।’