भारतीय चलचित्र आदिपुरूषमा जानकी भारतीय छोरी हुन भन्ने आशयको प्रस्तुती प्रति हाम्रो आपत्ती छ । यो आशयलाई नेपालको जाचपास(सेन्सर)ले मात्र सच्याएर अभिब्यक्ती र नियत सच्चिदैन भन्ने हाम्रो दृड धारणा छ । बिश्वभरी यो आशय जाने हुदा बितरण भएका सबै प्रति(कँपी)मा सच्चिनुपर्छ ।यो हाम्रो मात्र आबाज हैन,सम्पूर्ण नेपाली कलाकर्मीको आबाज हो ।