चलचित्र कलाकार संघ द्वारा चलचित्र बिकाश बोर्डका नबनियुक्त अध्यक्ष केसीलाई बधाई तथा शुभकामना

  • July 27, 2022

काठमाडौं – नेपाल चलचित्र कलाकार संघ द्वारा आयोजना गरेको चलचित्र बिकाश बोर्डका नबनियुक्त अध्यक्ष भुवन केसीलाइ बधाई तथा शुभकामना कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ। नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रममा चलचित्र द्वन्द संघको अध्यक्ष नारायण प्रधान, नेपाल चलचित्र प्राबिधिक संघको अध्यक्ष पुस्कर लामा, चलचित्र निर्माता संघको अध्यक्ष आकाश अधिकारि, चलचित्र संघको उपाध्यक्ष गोपालकाजी कायस्थ, जनजाति चलचित्र महासंघको अध्यक्ष अमृत सुनार लागायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, चलचित्रकर्मीहरु, संचारकर्मी तथा कलाकार संघका कार्यसमिति र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

चलचित्र बिकाश बोर्डको प्रेक्षालयमा सम्पन्न उक्त कार्यक्रममा संघ संस्थाका अध्यक्षहरुले चलचित्र क्षेत्रले भोग्नु परेका समस्या र समाधानको बारेमा नबनियुक्त अध्यक्षलाइ जानकारी गराउंदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।

Comments


© copyright 2026 & All right reserved to faan