धर्मशालामा अलपत्र कलाकार सुवर्ण श्रेष्ठलाई कलाकार संघले गर्‍यो उद्धार

  • July 27, 2021

काठमाडौं– ‘एउटै क्षेत्रमा काम गर्ने, आफ्नै संस्था (परिवार)को सदस्यलाई आश्रममा बुझाउन खोज्दा त आँखाबाट आँसु थाम्न सकिएन भने आफूलाई जन्म दिने बुवा–आमालाई नै आश्रममा पठाउने निर्दयी सन्तानलाई पापी, अधर्मीभन्दा फरक नपर्ने रहेछ ।’ नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको अभिव्यक्ति हो यो ।

वास्तवमा, वयोवृद्ध कलाकार सुवर्ण श्रेष्ठलाई नेपाल चलचित्र कलाकार संघको टोलीले आईतबार साँझ रानीवन, वनस्थलीस्थित मानव सेवा आश्रमका रेस्क्यु समूहलाई हेरविचारका लागि जिम्मा लगाएपछि संघका अध्यक्ष खड्काले सामाजिक सञ्जाल फेसबुकमा उक्त अभिव्यक्ति लेखेका हुन् ।

कलाकार संघका उपाध्यक्ष तथा प्रवत्तस मोहन निरौलाद्वारा सोमबार साँझ जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ –‘थुप्रै नेपाली चलचित्रहरुमा कलाकारका रूपमा अभिनय गरिसकेकी सुवर्ण श्रेष्ठलाई चलचित्र कलाकार संघले निशुल्क सदस्यता दिलाएको थियो । त्यसबाहेक श्रेष्ठलाई संघले विगतमा सम्मान, सहयोग गर्ने तथा राहत प्रदान गर्ने कार्य पनि गरेको छ ।’

विज्ञप्तमिा उल्लेख भए अनुसार त्यसैबीच साउन १० गते अर्थात आईतबार दिउँसो एक्कासि संघका अध्यक्ष रविन्द्र खड्कालाई गौशाला धर्मशालाबाट दामोदर पाण्डेले फोन गरे ।

‘तपाईं कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का हो ? , पाण्डेले खड्कासंग सुवर्ण श्रेष्ठ नाम गरेकी एक जना वद्धालाई चिन्ने–नच्निने बारेमा जिज्ञासा राखे ।

‘अलपत्र परेर रुँदै हुनुहुन्छ । सुवर्ण श्रेष्ठ नाम बताउने दिदीलाई एउटा ट्याक्सीले ल्याएर छोडेर हिँड्यो । अब कहाँ जानु, के गरौँ ? मेरो कोहि छैन भनेर रुँदै कलाकार संघको अध्यक्षलाई फोन गरिदिनुस् भन्नू भएकोले फोन गरेको, पाण्डेको भनाइ उदृत गर्दै अध्यक्ष खड्काले लेखेका छन्–‘उहाँसंग भएका कागजमा रविन्द्र खडका, मोहन निरौला लगायत थुप्रै कलाकारका फोन नम्बरहरु छन् ।’

गौशाला धर्मशालाबाट यो खबर पाएपछि अध्यक्ष खड्का तथा उपाध्यक्ष निरौला धर्मशाला पुगे । उनीहरूसंग संघका कार्यसमिति सदस्य रामेश्वर जंग केसी, गीता नेपाल तथा रामेश्वर बुर्लाकोटी पनि धर्मशाला पुगे । संघका अध्यक्ष लगायतका कलाकारलाई देखेपछि सुबर्ण श्रेष्ठ खुशीले साहारा पाउने आशामा रून थालिन् ।

‘त्यो दृष्य हृदय विदारक थियो, प्रवक्ता निरौलाद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘त्यसपछि अध्यक्ष रविन्द्र खड्काले कुन वृद्धाआश्रममा पुर्याउने, के गर्ने भनेर पहलकदमी थाल्नु भयो । त्यही क्रममा संघका पूर्व पदाधिकारी पशुपति विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडामार्फत मानव सेवा आश्रम, रानीवन, वबनस्थलीमा हेरचारसहित राख्ने तय भयो ।’

उक्त आश्रमको रेस्क्यु समुहका सदस्यहरू राति करिव ८ बजे गाडी सहित गौशाला आए । त्यसको करिव आधा घण्टापछि धर्मशालाका अधिकारी, कलाकार संघका जिम्मेबार व्यक्तिसंगको सोधपुछ अनि आपसी सहमतिमा सुवर्ण श्रेष्ठलाई मानव सेवा आश्रम लगियो ।

‘आइतबार दिउँसो तीन बजेदेखि प्रारम्म्भ भएको सुवण श्रेष्ठको उद्धार तथा उचित रेखदेखको व्यवस्थानको कार्य राति ९ बजे मात्र सम्पन्न भयो, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Comments


© copyright 2026 & All right reserved to faan