बिपद ब्यवस्थापन कोषको लागि कलाकार संघको तर्फबाट सहयोग

  • June 18, 2021

काठमाडौँ। चलचित्र विकास बोर्डले हालसालै गठन गरेको बिपद ब्यवस्थापन कोषलाई कृयाशिल गराउने उद्देश्यले नेपाल चलचित्र कलाकार संघको तर्फबाट नगद रकम विकास बोर्ड अध्यक्ष श्री दयाराम दाहाललाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो। नेपाल चलचित्र कलाकार संघको तर्फबाट नगद तीस हजार र नेपाल चलचित्र कलाकार संघ युकेको तर्फबाट पच्चिस हजार गरेर जम्मा पचपन्न हजार बिपद ब्यवस्थापन कोषलाई कृयाशिल बनाउनको लागि सहयोग गरेको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले बताए। देशमा कुन बेला कस्तो बिपत्ति आइलाग्छ थाहा नै हुन्न। चलचित्रकर्मी, तथा नागरिकलाई आइपर्न सक्ने विपदका लागि सवै संघ संस्था मिलेर समयमै आर्थिक संचित गरौ भन्ने उदेश्यका साथ कोषलाइ सहयोग गरिएको खड्काले बताए।

कोष पूर्ण रुपमा चलचित्रकर्मिको हितको लागि हो,यसमा बोर्डको कुनै भूमिका नहुने र चलचित्रकर्मीले आफ्नै तरिकाले संचालन गर्न सक्ने विकास बोर्ड अध्यक्ष दयाराम दाहालले बताए। यसकोषको रकम बढाउनको लागी बोर्डले पनि सकको पहल गर्ने दाहालले बताए।

विकास बोर्डमा रकम हस्तान्तरण कार्यक्रममा कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का,कलाकार संघका उपाध्यक्ष मोहन निरौला,कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल,कलाकार संघका कार्य समिति सदस्य रामेश्वर बुर्लाकोटी,कलाकार संघका सदस्य उद्धब भट्टराई,कलाकार संघ युकेका उपाध्यक्ष सुरेशराज पाठक,सेन्सर बोर्ड सदस्य राजेश महर्जन लगाएतको उपस्थिति रहेको थियो।

Comments


© copyright 2026 & All right reserved to faan