कलाकार संघले यी चलचित्रकर्मीहरुलाइ सम्मान गर्दै

  • December 27, 2020

काठमाडौँ – नेपाल चलचित्र कलाकार संघले आउदो साधारण सभामा कोभिड-१९ तथा लकडाउनको बिसेष परिस्थितिमा अहोरात्र खटेर कलाकार, चलचित्रकर्मी, अन्य संघ/ संस्था, देशका पिडित नागरिकलाई राहत तथा सहयोगमा जूट्ने र जूटाउने चलचित्रकर्मीलाई “विशेष सम्मान” गरिने निर्णय गरिएको नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराएका छन्। कोभिड-१९ को महामारीमा आफ्नो ज्यान नै जोखिममा राखेर निरन्तर चलचित्रकर्मी, कलाकार तथा पिडित जनताहरुको लागि राहत वितरण र राहत संकलन गरि सामाजिक उत्तरदायित्वमा उदारणीय भूमिका निर्बाह गरेकोमा उक्त कार्यको उच्च मुल्यांकन गर्दै “बिसेष सम्मान” गर्न लागिएको बताइएको छ।

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले निर्णय गरे अनुसार सम्मानित हुने चलचित्रकर्मीहरुमा कलाकार निर्मल शर्मा, नायक पल शाह, नायिका पुजा शर्मा, कलाकार तथा रंग पत्रकार सुर्य चन्द, चलचित्रकर्मी राज घिमिरे, निर्देशक एभरेष्ट सुर्य बोहरा र नायिका रिया श्रेष्ठ सम्मानित हुने भएका छन्।

Comments


© copyright 2026 & All right reserved to faan