नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास

  • December 24, 2020

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गरे ।

‘मेरो क्षेत्रमा कलाकारहरुले आफ्नो संस्थाको भवन निर्माण गर्न लाग्नु भएको छ । मेरो लागि त्यो भन्दा खुसीको कुरो अरु के हुन सक्छ र’ मन्त्री श्रेष्ठले भने ‘तपाईहरु के कति सक्नुहुन्छ गर्दै गर्नुस् । पुरा गर्ने जिम्बा मेरो भयो ।’ मन्त्री श्रेष्ठले कलाकार राष्ट्रका गहना भएकोले उहाँहरुको काममा सघाउनु सबैको दाईत्व रहेको भनाई समेत राखेका थिए ।

कलाकार संघको ३३ वर्षको इतिहासमा आज हामी चलचित्रकर्मीका लागि ऐतिहासिक र महत्त्वपूर्ण शुभ दिन बन्न पुगेको छ । पूर्व अध्यक्षहरु, कार्यसमितिका मित्रहरु लगायतको प्रयास र विशेष महत्त्वपूर्ण योगदान तथा भवन निर्माण कोष खडा गर्ने अध्यक्ष रामकेशर बोगटी लगायत कोष सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु, संघका अध्यक्ष खड्काले भनेका छन्— ‘उक्त रकमबाट दुई दिन अगाडि मात्रै जग्गा खरिद गरि भवन शिलान्यास गरिएको हो । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सबैको सहयोगबाट संघको भवन शिलान्यास हुन सफल भएको बताए । उनले आगामि दिनमा पनि सबै पक्षको सहयोगको अपेक्षा रहेको भनाई राखेका थिए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, मदु कुमार श्रेष्ठ, शम्भु निरौला, कृष्ण ढुंगाना, चलचित्रकर्मी महासंघका अध्यक्ष खगेन्द्र राई, चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधानलगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

Comments


© copyright 2026 & All right reserved to faan