इटहरी – नेपाल चलचित्र कलाकार संघ (फान) का केन्द्रिय अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यतामा आज इटहरीमा एक बिशेष कार्यक्रम को आयोजनाका साथ नेपाल चलचित्र कलाकार संघ १ नम्बर प्रदेश शाखा गठन भएको छ ।
संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा प्रेषित प्रेस विज्ञप्तिमा जनाइए अनुसार चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्वान्चलका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
उक्त अवसरमा प्रमुख अतिथिको आशनबाट केन्द्रिय अध्यक्ष रविन्द्र खड्काले प्रदेश नम्बर १ मा अत्यन्तै चर्चित, लोकप्रिय, थुप्रै कलाकर्मिको खानिमा पहिलो पटक सबैलाई समेटेर शाखा खोल्न पाएकोमा गौरवान्वित महसुस भएको बताउनु भयो ।
अध्यक्ष खड्काले आज २१ जनाको तदर्थ समिति मात्रै गठन भएको हो र यो समितिमा अझै पनि इच्छुक तथा समय प्रदान गर्न सक्ने चलचित्रकर्मीलाई समेट्न सकिने बताउनु भयो ।
खड्काले आजको युगमा पार्टीप्रती आ-आफ्नो आस्था र विश्वास रहेता पनि कलाकार संघ जस्तो ३३ वर्षे ऐतिहासिक गरिमामय सस्थामा रहन राजनीति र पार्टी भन्दा माथि उठेर चलचित्रकर्मीको हकहित अनि नेपाली चलचित्रको बिकाश र बिस्तारका लागि सबै चलचित्रकर्मीलाई एकजूट हुन अनुरोध गर्नु भएको छ ।
सबै तर्फका चलचित्रकर्मीलाई एकताको सुत्रमा बाँधेर गठित तदर्थ समितिका संयोजक वरिष्ठ चलचित्रकर्मी पुष्प श्रेष्ठ, सह संयोजक दिनेश कोइराला लगायत २१ सदस्यीय तदर्थ समिति बनेको भएपनि थुप्रै चलचित्रकर्मीलाई उक्त अवसरमा नव गठित फानको तदर्थ समितिका संयोजक वरिष्ठ चलचित्रकर्मी पुष्प श्रेष्ठले पूर्वान्चलका सबै चलचित्रकर्मीहरु एक भएर फानलाई द्रुतगतिमा अगाडि बढाउने प्रण गर्नु भयो ।
सह संयोजक चलचित्रकर्मी दिनेश कोइरालाले आफू चलचित्र कलाकार संघको केन्द्रिय साधारण सदस्य हुँदा पनि गर्व गर्ने ब्यक्तिलाई आज प्रदेश १ को सह संयोजकको रूपमा चयन गर्नुहुने केन्द्रिय अध्यक्ष रविन्द्र खड्का, चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधान लगायत आफूलाई विश्वाश गर्ने प्रदेश १ का सम्पूर्ण चलचित्रकर्मीहरूप्रती हार्दिक आभार प्रकट गर्नु भयो ।
उक्त कार्यक्रमका सभापति अरुण कुमार प्रधानले सबै चलचित्रकर्मीलाई लाग्ने आरोप प्रत्यारोपलाई पन्छाएर सबै चलचित्रकर्मी मिलेर प्रदेश नम्बर १ मा नेपाली चलचित्र को विकाशमा उदाहरणिय कार्यहरु गरेर देखाउने, सदैव सरकारको मुख ताक्नेभन्दा पनि आफ्नै श्रोतले आफ्नै क्षेत्रको विकाश कार्यमा अग्रसर रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।
तसर्थ समितिमा पुष्प श्रेष्ठ (संयोजक) तथा दिनेश कोइराला (सह संयोजक) सहित सदस्यहरूमा भिम लामा, जतिन ताम्राकार , माधब पौडेल खत्री, लेजिना सुवेदी, रेष्मा घिमिरे, प्रवल दिप बिश्वास, नवीन सुब्बा, रेखा लिम्बू, गणेश राउत, मिलन सुवेदी, हरि प्रसाद सुब्बा, मेघराज लिम्बू (गोपाल ), श्याम कटबाल,ईश्वर गुरुङ, सुजन ढकाल, सारदा शाक्य, ममता चौधरी, धर्मेन्द्र आचार्य तथा तुलसी घिमिरे छन् ।