चलचित्र कलाकार संघको सकृयतामा रक्तदान कार्यक्रम सम्पन्न

  • July 18, 2020

काठमाडौं – शनिबार नेपाल चलचित्र कलाकार संघको सकृयतामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी बानेश्वर उपशाखा, नेपाल चलचित्र कलाकार संघ, गंगादेवी चुचोल टोलसुधार समिति शंखमुल तथा नेपाल चलचित्र नृत्य संघको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा ८१ पाउण्ड रगत संकलन भएको जानकारी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबीन्द्र खडकाले गराएका छन् ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघको तर्फबाट अध्यक्ष रबीन्द्र खडका, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, महासचिव चेतबहादुर सिंह, कोषाध्यक्ष सुनिल कटुवाल, सदस्यहरु रामेश्वर वुर्लाकोटी, गोपाल ढकाल छन्दे, कलाकार भगवती खड्का लगायत कलाकारहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

यो विषम परिस्थितीमा तपाईं हाम्रो एक पाउण्ड रगतले कसैको जीवन बाँच्न सक्छ भने मानव जीवन रक्षार्थ पनि हामीले पहल गर्ने पर्छ भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको, आयोजक मध्येको एक संस्था नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी गराए ।

Comments


© copyright 2026 & All right reserved to faan