फान युकेको सहयोगमा चलचित्र कलाकार संघ द्वारा अनाथालयलाइ खाद्यान्न राहत सहयोग

  • June 16, 2020

काठमाडौँ – नेपाल चलचित्र कलाकार संघ युके शाखाको सहयोगमा नेपाल चलचित्र कलाकार संघ केन्द्रिय समितिले काठमाडौँको गोकर्णमा रहेको संयुक्त अपाङ्ग आवाज केन्द्रमा आश्रित ४८ जना अनाथ बालबालिकाहरुको लागि खाद्यान्न राहत सामग्री वितरण गरेको छ । कलाकार संघको केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काको नेतृत्वमा पुगेको कलाकारको टोलिले उक्त अबसरमा लकडाउनको समस्यामा परेका अनाथ बालबालिकाहरुलाई राहत हस्तान्तरण गर्नुको साथै मनोरंजन समेत प्रदान गरेका थिए ।

नेपाल चलचित्र कलाकार संघको केन्द्रिय अध्यक्ष रबिन्द्र खड्का, बरिष्ट उपाध्यक्ष रेजिना उप्रेती, उपाध्यक्ष तथा प्रबक्ता मोहोन निरौला, कोषाध्यक्ष सुनिल कटुवाल, सह-कोषाध्यक्ष पवित्रा आचार्य, सदस्यहरु उद्धब प्रशाद भट्टराई, शारदा नेपाल गीता, गोपाल ढकाल छन्दे र रामेश्वोर बुर्लाकोटी लगायतका कलाकारहरुको उपस्थितिमा संस्थाका अध्यक्ष तिल बहादुर कार्कीलाइ उक्त खाद्यान्न सामग्री हस्तारण गरिएको थियो ।

उक्त अवसरमा कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले नेपाल चलचित्र कलाकार संघ युके शाखाको अध्यक्ष रोमियान लिम्बू के.सि लगायत सम्पूर्ण पदाधिकारीलाइ धन्यबाद दिंदै, अनाथ असाहय बालबालिकाहरुलाई संघको तर्फ बाट गर्न पाएकोमा खुसि ब्यक्त गरेका थिए । “हाम्रो सहयोगि प्रयास जारी छ” भन्दै आगामी दिनहरुमा समेत संघले यसरिनै पिडितहरुलाई सहयोग गर्दै जाने समेत उनले जानकारी गराए ।

Comments


© copyright 2026 & All right reserved to faan