काठमाडौँ – नेपाल चलचित्र कलाकार संघले एक प्रेस बिज्ञप्ती जारि गर्दै भर्खरै मात्र भएको बजेट भाषणमा नेपाल सरकारले कलाकार संघको भवन निर्माण गर्न बजेट बिनियोजन गरेकोमा नेपाल सरकार, विभिन्न संघ सस्था तथा अन्य व्यक्तित्वहरुलाइ धन्यबाद ज्ञापन जारि गरेको छ । हेर्नुहोस:
“प्रेस बिज्ञप्ती”
२०७७ जेष्ठ १७ गते नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रबिन्द्र खड्काज्यूको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कलाकार संघ को भवन निर्माणका लागि नेपाल सरकारले आ. ब. २०७७/७८ को बजेटमा रक़म विनियोजन गर्नुका साथै नेपाली चलचित्र क्षेत्रको सम्बृद्धिका लागि बिभिन्न शीर्षकमा आबश्यक बजेट व्यवस्था भएकोमा सम्माननिय प्रधानमन्त्री श्री के पि शर्मा ओलीज्यू,,नेकपाका अध्यक्ष,पुर्व प्रधानमन्त्री सम्माननिय श्री पुष्प कमल दाहाल ( प्रचण्ड ) ज्यू,माननीय अर्थ,सन्चार तथा सूचना प्रविधि मन्त्री डा. श्री युवराज खतिवडाज्यू तथा मन्त्री परिषद र नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गर्ने निर्णय गरेको छ ।
३२ बर्ष अगाडि देखि नेपाली चलचित्र क्षेत्रको बिकाश बिस्तारमा अभिभावकको रूपमा नेपाल चलचित्र कलाकार संघले पुर्याउदै आएको योगदानका उल्लेखनीय कुराहरू समेटेर तयार पारिएका हाम्रा महत्त्वपूर्ण आवश्यकता र अनुरोधपत्र लाई संम्बन्धित माननीय मन्त्रीज्यू तथा संम्बन्धित निकायमा गम्भीरता पुर्वक पेश गरिदिनु हुने माननीय मन्त्रीज्यूका स्वकीय सचीव श्री तुलसी मैनाली ज्यूलाई विशेष धन्यवाद दिने बैठकले निर्णय गरेकोछ,। त्यसैगरी चलचित्र बिकाश बोर्डका सदस्य सचीव श्री महेन्द्र शाखीज्यू, चलचित्र बिकाशबोर्डका सदस्य श्री दयाराम दाहालज्यूलाई लगायत बिकाश बोर्ड,अर्थ र सुचना सन्चार,तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारी मित्रहरू प्रती हार्दिक धन्यवाद व्यक्त गरिएकोछ ।
सम्पूर्ण चलचित्रकर्मीको हक हितमा र चलचित्र कलाकार संघको ज़मीन तथा भवन निर्माणका लागि सकारात्मक सोचका साथ सहयोग पुर्याउदै आउनुहुने पुर्व सन्चार तथा सुचना प्रविधि मन्त्री श्री गोकुल बास्कोटा ज्यू,माननीय भूमिसुधार मन्त्री श्री पद्मा अर्यालज्यू,माननीय शहरी बिकाश राज्य मन्त्री श्री रामवीर मानन्धर ज्यू,माननीय श्री पम्फा भुषाल ज्यू,माननीय श्री कोमल वलि ज्युमा पनि हार्दिक आभार प्रकट गर्ने बैठकले निर्णय गरेकोछ ।

साथै नेपाल चलचित्र कलाकार संघलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगका साथै सदैव सदभाव राख्नु हुने FAAN का पुर्व सल्लाहकार श्री किरण केसिज्यू,, FAAN का सल्लाहकार श्री दिनेश डिसी ज्यू,निर्माता संघका अध्यक्ष श्री आकाश अधिकारीज्यू,नेपाल चलचित्र संघका अध्यक्ष श्री मदुसुदन प्रधानज्यू,चलचित्र निर्देशक समाजकी अध्यक्षश्री रक्षा सिंह राणा ज्यू,नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष श्री पुष्कर लामाज्यू,,द्वन्द्व संघका अध्यक्ष श्री सुर्य ठोकर ज्यू,नृत्य संघका अध्यक्ष श्री जनक कार्कीज्यू, आदिवासी जनजाति महासंघका अध्यक्ष श्री अमृत सुनार ज्यू, श्री सम्राट सापकोटा ( उपकरण ब्यवशायी संघ )संगींत संघ,जनचेतना नेपालका अध्यक्ष श्री बालकृष्ण निरौलाज्यू लगायत शुभ चिन्तक,सम्पूर्ण सन्चारकर्मी मित्रहरूलाई हार्दिक धन्यवाद ब्यक्त गरिएकोछ ।
बैठकमा लकडाउन सकिएको केहि दिन पछि नै ज़मीन तथा भवन निर्माणको प्रकृया अगाडि बढाई २/३ महिना भित्रै FAAN USA , FAAN UK लगायत देश/ बिदेशमा रहनुहुने सम्पूर्ण चलचित्रकर्मीहरुको साथ सहयोग बाट १ बर्ष भित्रनै भवन निर्माण सुसम्पन्न गर्ने अठोट अध्यक्ष श्री रविन्द्र खड्का ज्यूले ब्यक्त गर्नु भएकोछ ।
साथै नेपाल चलचित्र कलाकार संघको जानकारीमा आएका संकटग्रस्त कलाकारहरूलाई विभिन्न माध्यमबाट राहत पुर्याएको र पुर्याउने कोशिश गरिरहेकोछ । सामाजिक संजाल मार्फत संकटको ,अप्ठारोको खबर हामीलाई गर्नोस हामी तपाईहरूको साथमाछौ भनेर अपील पनि गरेका थियौ । अझै पनि संकटग्रस्त कोही हुनुहुन्छ भने हामीलाई जानकारी गराउनोस संघ तपाईसंग हुनेछ भनी अपील गर्ने पनि निर्णय गरेको छ ।
श्री मोहन निरौला
(उपाध्यक्ष तथा प्रवक्ता)
नेपाल चलचित्र कलाकार संघ FAAN केन्द्रिय कार्यसमिति,परिवार,
मिति-२०७७।२।१८
